Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज २६ सुगौलीमा पनि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” सन्चालन

मधेसखबर
वीरगन्ज,१२ मंसिर : जनतालाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उदेश्यले सन्चालित “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीको स्वास्थ्य चौकीमा सोमबार देखि शुरु भएको छ ।

महानगरका विभिन्न वडामा सन्चालित “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” सोमबार देखि वडा नम्बर २६ मा शुरु गरिएको हो । त्यहा पहिलो दिन सोमबार ८१ जना महिला सहित १४२ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन् ।त्यसक्रममा चिकित्सकको सल्लाह र आवश्यकता अनुसार ४० जनाले ल्याब परिक्षण र ८ जनाले यु. एस. जी सेवा समेत लिएका छन् ।

महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उदेश्यले सन्चालन गरेको कार्यक्रम यसअघि वडा नम्बर १७, १८, ३०, ३१ र ३२ गरि ५ वटा वडामा सम्पन्न भइसकेको छ । बिरामीको अवस्था हेरी मोबाइल ल्याबबाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निःशुल्क औषधी पनि वितरण हुदै आएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” यसअघि सन्चालन गरिएको पाँच वडामा उपलब्धिमूलक रहेको मेयर राजेशमान सिंहले बताए ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रर्बधन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज बाताबरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।
वडा नम्बर २६ मा सोमबार देखि शुरु गरिएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” यहीँ साताको बिहीबार सम्म चल्ने भएकोले स्वास्थ्य समस्या झेलिरहेका स्थानीयलाई शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिन मेयर सिंहले आग्रह पनि गरेका छन् ।

Related posts

पेट्रोल र डिजेलसंगै ग्याँसको पनि मूल्य बढ्यो (मूल्यसुची सहित)

MadhesKhabar

संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह

MadhesKhabar

जनमतका सतीश सिंह बने मधेसको मुख्यमन्त्री

MadhesKhabar

Leave a Comment