Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा पानीको संकट टरोस् भन्ने कामना गर्दै ‘पर्जन्य (वृष्टि) यज्ञ’ आयोजना

वीरगन्ज,३२असारःवीरगन्ज लगायत पर्सा,बारा लगायत मधेसका जिल्लामा पानीको संकटले जनजीवन नै बिथोलिएपछि वर्षाको कामना गर्दै वीरगन्जमा बुधबार ‘पर्जन्य (वृष्टी) यज्ञ’ आयोजना गरिएको छ।

वीरगन्ज–६ माईस्थानस्थित गहवामाई मन्दिरको प्रांगणमा बुधबार माईस्थान सञ्चालक समितिको आयोजनामा ‘पर्जन्य (वृष्टी) यज्ञ’ आयोजना गरिएको हो।

बुधबार बिहान ९ बजेदेखि सुरु भएको यज्ञमा पुरोहित र पण्डितहरूबाट पर्जन्य (वृष्टी) वेदका मन्त्रहरू उच्चारण गरि भगवानन् इन्द्रदेवको पूजाआरधना गरेर हवनपनि गरिएको माईस्थान सञ्चालक समितिकी सदस्इ रमितामाया गुप्ताले जानकारी दिइन् ।
यज्ञमा माईस्थान सस्ञ्चालक समितिका अध्यक्ष नरेन्द्र साह अग्रवाल,संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य र अधिवक्ता उपाध्याय जजमानका रुपमा सहभागी भई भगवान् इन्द्रको पूजापाठ गरेका थिए ।

पानी नपरेर तथा चापाकलहरु सुकेर जनजीवन नै अस्तव्यस्त बन्दै गएकाले भगवान् इन्द्रदेवको कृपाले वर्षा होस् र पानीको संकट टरोस् भन्ने कामना गर्दै गहवामाई मन्दिर अगाडिको प्रांगणमा ’पर्जन्य(वृष्टी)यज्ञ आयोजना गरिको माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साह अग्रवालले बताए।

उनले भने,‘ लामो समयदेखिको खडेरीले वीरगन्जका हरेक घरका चापाकलहरु सुकेका छन् । पानीको त्राहिमाम् छ । सरकारी धाराबाटपनि पानी कम आइरहेको छ । त्यसैले भगवान् इन्द्रदेव खुशी भएर वर्षा गराइ दिउन् ।पानीको संकट टरोस् भन्ने कामना गर्दै पर्जन्य (वृष्टी) यज्ञ गरेका हौं।’

असार महिना लागेदेखि नै वीरगन्जममा चापकलहरु सुकेर पानी आउन छाडेपछि यहाँ खानेपानीको हाहाकार नै भएको छ । खाननेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानमा डीप बोरिङ गाडेर तथा ट्यांकर र वारुणयन्त्रमा आोसारेर पानीको आपुर्तिको व्यवस्था मिलाइरहेको भएपनि त्यसले समस्या पूर्ण रुपमा समाधान हुन सकेको छैन । बुधबारमात्रै मधेस प्रदेश सरकारले टोल टोलमा पानी वितरणका लागि आठ वटा वारुण यन्त्र वीरगन्जमा पठाएको छ ।

Related posts

बारा: कांग्रेस सभापतिको ह्वीप लत्याउँदै अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं प्रस्थान

MadhesKhabar

विद्यालय सुचारु नगरे आन्दोलनरत शिक्षकलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

MadhesKhabar

Leave a Comment