Madhes Khabar
धर्म/संस्कृति

सुनसरीको महाकुम्भ मेलामा ४० लाख भक्तजनले गरे कुम्भस्नान

तस्बिर : रासस

सुनसरी,२९बैशाखः सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवम् स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गतेदेखि सुरु भएको थियो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवानको दर्शन गरेको मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए ।

मेला आयोजना गर्न संघीय सरकारले ७० लाख रुपैयाँ र प्रदेश सरकारले ५५ लाख रुपैयाँ प्रदान गरेको थापाले बताए ।मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । कुम्भस्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुगेका थिए ।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ ।साभार : उज्यालो

Related posts

पर्सामा धार्मिक उत्सव र चाडबाडमापनि ठूलो आवाजमा डिजे र लाउड स्पीकर बजाउन रोक

MadhesKhabar

हिन्दु युवककाे हत्याप्रति मुस्लिम समाज पर्साकाे निन्दा,नेपालमा धार्मिक सद्भाव बिगार्नेमाथि निगरानी गर्न माग

MadhesKhabar

विश्वकर्मा पूजा आज वीरगन्जमा पनि हर्षाेल्लाशका साथ मनाइदै

MadhesKhabar

Leave a Comment