Madhes Khabar
धर्म/संस्कृति शिक्षा हेडलाइन

गहवामाई रथ यात्राका दिन असार २३ गते वीरगन्ज महानगरका सबै विद्यालयमा विदा

वीरगन्ज,१७असार:वीरगन्ज महानगरपालिकामा रहेका सबै विद्यालयहरु असार २३ गते बन्द रहने भएका छन्।असार २३ गते वीरगन्जमा गहवामाईकाे रथ यात्रा निकालिने भएकाले त्यस दिन महानगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द रहने भएका हुन्।

साेमबार वीरगन्ज महानगरपालिका नगरकार्यपालिकाकाे कार्यालयले एक सुचना जारी गर्दै असार २३ गते रथ यात्राका दिन महानगरका सबै विद्यालयमा विदा दिने निर्णय गरेकोे हाे।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले जारी गरेकाे सुचनामा भनिएकाे छ- असार १६ गते महानगरका मेयर राजेशमान सिंहकाे अध्यक्षतामा बसेकाे बैठकले ऐतिहासिक गहवामाईकाे भब्य रथ यात्रा असार २३ गते निस्किने भएकाले उक्त रथ यात्रामा बढी भन्दा बढी भक्तजनहरुकाे सहभागीता गराउनका लागि सबै शैक्षिक संस्थामा बन्द गर्ने निर्णय भएकाे छ ।

साथै उक्त सुचना मार्फत नै पूर्व निर्धारित छात्रवृत्ति वितरण कार्यक्रम असार २४ गते गर्न पनि सबै विद्यालयहरुलाई महानगरपालिकाले निर्देशन दिएकाे छ।

गहवामाईकाे नवनिर्मित मन्दिरकाे १२ बर्ष पुरा भएकाे उपलक्ष्यमा असार २३ गते भब्य रथ यात्रा निकाल्न लागिएको हाे।यसअघ गत बर्ष असार ५ गते पहिलाे पटक गहवाईकाे रथ यात्रा निकालिएको थियाे ।

Related posts

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिदैं

MadhesKhabar

वीरगन्जका सबैै सामुदायिक विद्यालयमा यथाशिघ्र व्यवस्थापन समिति गठन गर्न महानगरको निर्देशन

MadhesKhabar

जीबी राईकाे सानो पाइला सहकारीले १ अर्ब बढी रकम फिर्ता नगरेपछि ८ सय बचतकर्ताको बिचल्ली

MadhesKhabar

Leave a Comment