Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जका हिन्दुवादी अगुवा सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की

वीरगन्ज,२१मंसिरःवीरगन्जका हिन्दुवादी अगुवा तथा नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराजले प्रधानमन्त्री सुशीला कार्कीको समर्थन र हिन्दु धर्मको रक्षाका लागि काम गरेकै कारण आँफुलाई ज्यान मर्ने धम्की आएको बताएका छन् ।

आइतबार वीरगन्जको घण्टाघर चोकमै पत्रकार सम्मेलन गरेर सन्तोषानन्द महाराजले सामाजिक सञ्जालमार्फत वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का नदीम अन्सारीले ज्यान मार्ने धम्की दिएको बताएका हुन् । अन्सारीले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै ज्यान मार्ने धम्की दिएको उनले बताए ।

ज्यान मार्ने खुलेयाम धम्की दिने अन्सारीलाई पक्राउ गरी कारबाही गर्न स्थानीय प्रशासनसंग उनले मागपनि गरे ।यस्तै उनि अध्यक्ष रहेको नेपाल जनता पार्टीले पनि प्रेस विज्ञप्ति जारी गर्दै अन्सारीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सासँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा सन्तोषानन्द महाराजले फेसबुकमा अन्सारीले पोष्ट गरेको भिडियो देखाउँदै हिन्दु धर्म र हिन्दुहरूका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको बताए । उक्त भिडियोमा सन्तोषानन्द महाराजलाई “मारेर भारतको रक्सौल रेल्वे ट्र्याकमा फालिदिने” धम्की दिएको स्पष्ट सुनिन्छ ।

आँफू लामो समयदेखि हिन्दुहरूको हकहित र अधिकारका लागि खुला रूपमा आवाज उठाउँदै आएकाले आफूलाई लक्षित गरी यस्तो धम्की आएको सन्तोषानन्द महाराजले आरोप लगाए । उनले आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेपाल जनता पार्टीको तर्फबाट उम्मेदवार बन्ने तयारी गरिरहेको र त्यहि कारणपनि आफूलाई धम्की दिएको दाबी समेत गरे ।

 

Related posts

हनुमान जन्मोत्सवमा जय श्रीरामको नाराले वीरगन्ज शहर नै गुन्जयमान

MadhesKhabar

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ सूर्य भगवानलाई अर्घ दिइदैं

MadhesKhabar

श्रीराम उत्सव अयोध्यामा, उल्लास वीरगन्जमा

MadhesKhabar

Leave a Comment