वीरगन्ज,२४कार्तिक : दिपावली र छठ पूजामा माटाको दियो र भाँडा प्रयोग गर्ने चलन फेरि बढ्दै गएको छ । केहि वर्षसम्म दिपावलीमा विद्युतीय बत्तीको प्रयोगले माटाका दियो र भाडाको प्रयोगलाई विस्थापित गरेकोमा पछिल्ला दुई तीन वर्ष यतादेखि भने फेरि माटाकै दियो भाडाँको प्रयोग बढ्दै गएको कुम्हालेहरु बताउछन् ।दिपावली र छठ पर्बलाई लक्षित गरि वीरगन्जको बजारमा सडकमै ५० भन्दा बढी कुम्हालेहरुले माटाको दियो र भाडाका पसलहरु राखेका छन् ।







