Madhes Khabar
धर्म/संस्कृति

कश्मीरकाे आतंकवादी हमलाले नेपालमापनि सुरक्षा चिन्ता बढाएकाे राष्ट्रिय एकता अभियानकाे ठहर

काठमाडौं,१०बैशाख: राष्ट्रिय एकता अभियान नेपालले भारतकाे जम्मू-कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ।बुधबार एक विज्ञप्ति जारी गर्दै एकतावादी अभियानले उक्त हमलामा एक नेपाली नागरिकसहित विदेशी पर्यटक र निर्दोष भारतीय नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा उक्त हमलालाई केवल भारतको भूमिमाथिको आक्रमण नभई सम्पूर्ण मानव सभ्यतामाथिको क्रूर प्रहारको संज्ञा दिइएको छ। विज्ञप्तिमा पाकिस्तानस्थित कुख्यात आतंकी संगठन लश्कर-ए-तैयबाले पाकिस्तानी गुप्तचर संस्था आईएसआईको संरक्षणमा उक्त हमला गरेको आराेप पनि लगाइएको छ। लश्कर-ए-तैयबा लामो समयदेखि भारतसहित दक्षिण एशियाकै शान्तिमा खलल पुर्याउँदै आएको अभियानको ठहर छ।

 

नेपाल र भारतबीचको खुला सीमा आतंकवादका लागि सुलभ मार्ग बन्न नदिन नेपाल सरकारले उच्च सतर्कता अपनाउनुपर्नेमा अभियानले जोड दिएको छ।आतंकवाद केवल भारत वा नेपालको मात्र समस्या नभई सम्पूर्ण दक्षिण एशिया, एशिया र विश्वको साझा चुनौती भएको अभियानको ठहर छ।

राष्ट्रिय एकता अभियानले आतंकवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिको आपराधिक प्रयोग भएको जनाएको छ। लश्कर-ए-तैयबा जस्ता संगठनलाई अन्तर्राष्ट्रिय आतंकी संगठनको रूपमा पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्ने मागपनि अभियानले गरेको छ।

Related posts

राधेमाइ मन्दिरमा वन मन्त्री यादवले भित्रयाए फूलपाती

MadhesKhabar

हिन्दुहरुकाे महान् चाड दसैं सुरु,आज नवरात्राकाे पहिलाे दिन

MadhesKhabar

घडीअर्वामा कानुकाे अध्यक्षतामा छठ पूजा व्यवस्थापन समिति गठन

MadhesKhabar

Leave a Comment