Madhes Khabar
धर्म/संस्कृति

राधेमाइ मन्दिरमा वन मन्त्री यादवले भित्रयाए फूलपाती

मधेसखबर
वीरगन्ज,१६ असोज : बडादशैंको सातौ दिन आज (आइतबार) वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको राधेमाइ मन्दिरमा पनि हर्षबडाइका साथ फूलपाती भित्रयाइएको छ ।

संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले डोला बोकेर टोलको परिक्रममा गरि राधेमाई मन्दिरमा फूलपाती भित्रयाएका हुन् ।वनमन्त्री यादवले प्रत्येक वर्ष राधेमाई मन्दिरमा फूलपाती भित्रयाउने गरेका छन् ।

राधेमाइ मन्दिरमा फूलपाती भित्रयाउने क्रममा स्थानीय समाजसेवी , क्लबका सदस्य , मन्दिर सन्चालक समितिका पदाधिकारी , सदस्यका साथै हजारौं श्रद्धालु भक्तजनहरुको पनि सहभागीता थियो ।

यस्तै वीरगन्जको गहवामाइ मन्दिर , वीर्तामाइ मन्दिरका साथै दुर्गाृभवानीको प्रतिमा स्थापना गरिएका पण्डालहरुमा पनि आज फूलपाती भित्रयाइएको छ । प्रत्येक वर्ष दूर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउन परम्परा रहेको छ ।

Related posts

वीरगन्जमा पानीको संकट टरोस् भन्ने कामना गर्दै ‘पर्जन्य (वृष्टि) यज्ञ’ आयोजना

MadhesKhabar

राम जन्माेत्सवकाे उपलक्ष्यमा वीरगन्जको रामजानकी मन्दिरमा भाेलिदेखि २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान

MadhesKhabar

घडीअर्वा पोखरीमा हुने छठ पूजा व्यवस्थापनका लागि तयारी सुरु, विभिन्न उपसमितिहरु गठन

MadhesKhabar

Leave a Comment