Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गहवामाई रथ यात्राका लागि वडाध्यक्ष कानुले दिए १ किलाे चाँदी

वीरगन्ज,२१असार:वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले गहवामाईकाे रथयात्रामा निकािले डाेली निर्माणका लागि १ किलाेग्राम चाँदी सहयाेग गरेका छन् ।

गहवामाईकाे नवनिर्मित मन्दिरकाे १२ ओैं बर्ष पुरा भएकाे उपलक्ष्यमा असार २३ गते आईतबारका दिन वीरगन्जमा भव्य रथयात्रा निकालिदैंछ। उक्त रथयात्रामा गहवामाईकाे प्रतिमालाई झण्डै ४५ लाख रुपैयाँको २६ किलाेग्राम चाँदीबाट बनाइएको डाेलीमा राखेर नगर परिक्रमा गराइनेछ । त्यहि डाेली निर्माणका लागि वडाध्यक्ष कानुले १ किलाेग्राम चाँदी सहयाेग गरेका हुन् ।

शुक्रबार वडाध्यक्ष कानुले गहवामाई रथयात्रा आयाेजक समितिका श्याम पाेख्रेललाई १ केजी ताैल बराबरकाे चाँदीका सिक्का प्रदान गरेका हुन् ।

गहवामाई प्रति आफ्नाे आस्था रहेकाे र माताकै डाेलीसहितकाे भव्य रथयात्रा निकाल्न लागिएकोले माताकाे सेवामा आफ्नाे तर्फबाट केहि सहयाेग हाेस् भनेर आँफुले चाँदी सहयाेग गरेकाे वडाध्यक्ष कानुले मधेसखबरलाई बताए ।

वडाध्यक्ष कानुले सहयाेग गरेकाे चाँदीकाे बजार मूल्य करिब १ लाख ७५ हजार रुपैयाँ पर्ने बताइएको छ ।

Related posts

सधैंका लागि अस्ताए फुटबलका ‘हरि गुरु’

MadhesKhabar

मधेस प्रदेशमै स्तन क्यान्सर र बाँझोपनको उपचार सेवा पहिलो पटक नारायणी अस्पतालमा सुरु

MadhesKhabar

तोरी खेतीले पंहेलपुर ठोरी : यसपालि २४ करोडको ताेरी उत्पादन हुने अनुमान

MadhesKhabar

Leave a Comment