Madhes Khabar
स्वास्थ्य हेडलाइन

मधेस प्रदेशमै स्तन क्यान्सर र बाँझोपनको उपचार सेवा पहिलो पटक नारायणी अस्पतालमा सुरु

वीरगन्ज,२९असार : वीरगन्जको नारायणी अस्पतालमा महिलाको स्तन क्यान्सरको जाँचा र निसन्तान दम्पतिका लागि बाँँझोपनको उपचार सेवा सुरु भएको छ ।

आाइतबार संघीय सरकारका स्वास्थ्य तथा जननसंख्यामन्त्री प्रदीप पौडेले ती दुवै सेवाको समुद्घाटन गरेका हुनन् । मन्त्री पौडेलले समुद्घाटन गरेसंगै ती दुवै सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार, मधेस प्रदेशमै सरकारी अस्पतालमा ती दुवै सेवा पहिलो पटक सुरु गरिएको हो । यसअघि ती दुवै उपचार सेवाका लागि वीरगन्ज र यस आसपासका बिरामीहरु निजी अस्पताल, काठमाडौं र छिमेकी मुलुक भारतका अस्पतालमा जाान बाध्य हुने गरेका थिए ।

समुद्घाटन कार्यक्रममा अअस्पतालका मेसु डा. चुमनलाल दासले स्तन क्यान्सरको जाँच(मोमोग्राम) सेवा र बाँझोपनको उपचार (आइयुआई) सेवा मधेस प्रदेशमै सरकारी स्तरबाट पहिलो पटक नारायणी अस्पतालमा सुरु गरिएको बताए । यसले निसन्तान दम्पतिहरुका लागि आशाको केन्द्र साबित हुने अपेक्षा गरिएको बताए । यस्तै नाारायणी अस्पतालमा पाठेघरको मुखको क्यान्सरको जाँच र उपचार सेवा यसअघि नै सञ्चालनमा ल्याइसकिएको जानकारीपनि उनले गराए । त्यस्तै क्यान्सरको स्क्रिनिङ र केमोथेरापी सेवा पनि यसअघि नै सञ्चालमा आइसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले मधेस प्रदेशमा संघ सरकारको एकमात्र अस्पताल नारायणी अस्पताल रहेको बताए । त्यसका कारण नाारायणी अस्पतालको सेवा गुणस्तर बृद्धिका लागि स्वास्थ्य मन्त्रालय लागि परेको उनले बताए ।

उनले स्वास्थ्यकर्मीले इमान्दार भएर काम गरे ततथा यहाँका राजनीतिक दलले साथ दिएमा अबको एक वर्षपछि नारायणी अस्पताल देशमै नमूना अस्पतालका रुपमा स्थापित हुने बताए ।

नारायणी अस्पतालमा पछिल्लो समय सुधकारका धेरै कामहरु भएको भन्दै मन्त्री पौडेलले अब नारायणी अस्पतालमै मुटुकाो शल्कृया सेवा चाँडै सञ्चालनमा आउनेपनि बतााए ।त्यसका लागि क्याथ ल्याबको काम अन्तिम चरणमा पु्गिसकेको जानकारी अस्पताल प्रशासनले गराएको उनले बताए ।

कार्यक्रममा सहभागी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निर्देशन दिदैं मन्त्री पौडेलले भने,‘ डाक्टरहरुले बिहान १० देखि साँझ ५ बजेसम्म अस्पतालमा ड्युटी गर्नैपर्छ ।त्यसमा कुनै सम्झौता हुदैन ।’अस्पताललाई कर्र्मचारी भर्तीको केन्द्र नबनाउनपनि पनि उनले निर्देशन दिए ।

कार्यक्रममा अस्पतालका मेसु दासले ५०० शैयाको अस्पताल भवनको मुद्दा सर्वोच्च अदालतबाट टुंगो लागिसकेको र भवन निर्माणका लागि बजेट पनि विनियोजन भइसकेकाले छिट्टै शिलान्यासका लागि मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।मेसु दाासले क्याथ ल्याबको लागि भवन तयार भई उपकरणहरु जडान भईरहेकाले साउनदेखि नै क्याथ ल्याबको सेवा सुचारू गर्ने लक्ष्यका साथ तिब्र रुपमा काम भइरहेको जानकारी गराए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,नेपाल कांग्रेसका मधेस प्रदेश उपसभापति चन्द्रेशखर यादव , पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी , उपसभापति अशोक गुप्ता, क्षेत्रीय सभापति महमद साहबुदिन, युवा नेताहरु मनोहर साह, हरेन्द्र यादव लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

दाइजोले प्रताडित प्रियदर्शनी रुदै भन्छिन् – विहे भएको १५ महिनामै १५ वटा मुद्धा बोकेर अदालत धाइरहेको छु

MadhesKhabar

परवानीपुर गोल्डकप फुटबल फागुन २७ देखि

MadhesKhabar

महानगरकाे सहयाेगमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट ११० जना महिला लाभान्वित

MadhesKhabar

Leave a Comment