Madhes Khabar
स्वास्थ्य

महानगरकाे सहयाेगमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट ११० जना महिला लाभान्वित

वीरगन्ज,११असाेज:वीरगन्ज महानगरपालिकाको सहयोगमा साहिब दरवार सेवा संस्थानले आयाेजना गरेकाे महिला तथा प्रसुती रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरमा महानगरका विभिन्न वडाका गरी ११० जना महिलाकाे स्वास्थ्य परिक्षण गरिएकाे छ ।

वीरगन्जको घणटघरस्थित डाक्टर स्वेता गुप्ताकाे क्लिनकमा आयाेजित शिविरमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवा, वडा नम्बर १० आदर्शनगर, वडा नम्बर १८ मनियारी, वडा नम्बर २८ दरदरवा र वडा नम्बर २९ बसडिल्वा र मुसैलीका महिलाहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे हाे । शिविरमा आएका महिलाहरुलाई राेग अनुसारकाे निशुल्क ओैषधि वितरण पनि गरिएको साहिब दरबार संस्थानकी प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।

शिविर चलिरहेका बेला वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले क्लिनिकमा पुगेर शिविरकाे अनुगमनपनि गरेका थिए ।मेयर सिहसंगै संस्थानका अध्यक्ष एंव जसपाका जिल्ला सचिव उमेशलाल सहनी , जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, जसपा नेतृ रमितामाया गुप्ता , संगिता देवीपनि शिविरस्थलमा पुगेका थिए ।

 

Related posts

पर्सा , बारा सहितका मध्य तराईमा आगामी पाँच दिनसम्म ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

श्रीराम हस्पिटलमा रक्तदान कार्यक्रम, ५२ पोका रक्त संकलन

MadhesKhabar

जनमत पार्टीले पर्सामा गठन गर्याे स्वास्थ्यकर्मी जनमत संघ

MadhesKhabar

Leave a Comment