Madhes Khabar
स्वास्थ्य

महानगरकाे सहयाेगमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट ११० जना महिला लाभान्वित

वीरगन्ज,११असाेज:वीरगन्ज महानगरपालिकाको सहयोगमा साहिब दरवार सेवा संस्थानले आयाेजना गरेकाे महिला तथा प्रसुती रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरमा महानगरका विभिन्न वडाका गरी ११० जना महिलाकाे स्वास्थ्य परिक्षण गरिएकाे छ ।

वीरगन्जको घणटघरस्थित डाक्टर स्वेता गुप्ताकाे क्लिनकमा आयाेजित शिविरमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवा, वडा नम्बर १० आदर्शनगर, वडा नम्बर १८ मनियारी, वडा नम्बर २८ दरदरवा र वडा नम्बर २९ बसडिल्वा र मुसैलीका महिलाहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे हाे । शिविरमा आएका महिलाहरुलाई राेग अनुसारकाे निशुल्क ओैषधि वितरण पनि गरिएको साहिब दरबार संस्थानकी प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।

शिविर चलिरहेका बेला वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले क्लिनिकमा पुगेर शिविरकाे अनुगमनपनि गरेका थिए ।मेयर सिहसंगै संस्थानका अध्यक्ष एंव जसपाका जिल्ला सचिव उमेशलाल सहनी , जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, जसपा नेतृ रमितामाया गुप्ता , संगिता देवीपनि शिविरस्थलमा पुगेका थिए ।

 

Related posts

पटेर्वा सुगौलीको सह्रानीय काम : सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्रीसहितको कोसेली वितरण

MadhesKhabar

वीरगन्जमा घुम्ती शीवीर सन्चालन गरि रिक्सा ठेला मजदुरहरुको स्वास्थ्य परिक्षण

MadhesKhabar

वीरगन्जका डा. अबुल हैस अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित

MadhesKhabar

Leave a Comment