Madhes Khabar
स्वास्थ्य

बाराको अमलेखगञ्जमा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट २०० बढी लाभान्वित

वीरगन्ज,२५असाेज: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।सिमराकाे अक्कल बहादुर कार्की अस्पतालले आयोजना गरेकाे उक्त शिविरबाट दुई सय भन्दा बढीले लाभ लिएका छन्।

दिपावली र छठ पर्वकाे उपलक्ष्यमा आयाेजित शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, न्युरो सर्जन डा. सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन,डा.सफरोज अन्सारी,डा.फिरोज अन्सारी र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा बिरामीहरुकाे स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि वितरण पनि गरिएको डा. चौरसियाले जानकारी दिए।

Related posts

वीरगन्ज : ५ सय ७३ पुराना टायरमा भेटियाे डेंगी फैलाउने लामखुट्टे

MadhesKhabar

बहुअर्वा भाठामा आयुर्वेद औषधालय भवनको कांग्रेस नेता चौरसियाले गरे शिलान्यास

MadhesKhabar

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment