Madhes Khabar
स्वास्थ्य

बहुअर्वा भाठामा आयुर्वेद औषधालय भवनको कांग्रेस नेता चौरसियाले गरे शिलान्यास

वीरगन्ज,१७चैतःपर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर २ बहुअर्वा भाठामा आयुर्वेद औषधालय भवनको निर्माण कार्य सुरु भएको छ ।

मधेस प्रदेश सरकारबाट उपलब्ध २५ लाख रुपैयाँको लागतमा बहुअर्वा भाठामा निर्माण गर्न लागिएको आयुर्वेद औषधालय भवनको शनिबार नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका सभापति तथा गाउपालिका अध्यक्ष पदका प्रत्याशी विवेक कुमार चौरसियाले शिलान्यास गरेका हुन् ।शनिबार शिलान्यास गरिएसंगै उक्त भवनको निर्माण कार्य सुरु भएको हो ।

बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मीको अध्यक्षता तथा कांग्रेस सभापति चौरसियाको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा बहुअर्वा भाठा आयुर्वेद औषधालयका प्रमुख श्यामबाबु साह,उमेश चौरसिया, प्रभु चौहान, छठुलाल चौरसिया, सन्तोष चौरसिया, मुनिलाल दास,युवा नेता उपनेश चौरसिया लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

 

 

Related posts

मिलनचाेकमा आयाेजित स्वास्थ्य शिविरमा १५ सय जना लाभान्वित

MadhesKhabar

उपमेयर आलमको पहलमा नारायणी अस्पतालमा खानेपानी मेसिन जडान

MadhesKhabar

बेलवामा साहिब दरबारद्धारा आयोजित निःशुल्क आँखा शिविरबाट १२० जना लाभान्वित

MadhesKhabar

Leave a Comment