Madhes Khabar
स्वास्थ्य

मिलनचाेकमा आयाेजित स्वास्थ्य शिविरमा १५ सय जना लाभान्वित

मधेसखबर
वीरगन्ज ,२५ भदौं :वीरगन्ज महानगरपालिका वडा नंबर ३१ मा मिलनचाेकमा शनिबार निःशुल्क स्वास्थ्य तथा आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

रहबर केयर तथा गौतम स्कूलको संयुक्त आयोजना तथा माट्रिका आई फाउण्डेशन र गण्डक हस्पिटलको सहयोगमा भएको शिविरबाट करिब १ हजार ५ सय जना सर्वसाधारण लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।

रहबर केयरका संचालक तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रहबर अंसारीले शिविरको अध्यक्षता गर्दै पर्सा जिल्ला तथा देशवासीलाई खुसी, सुखी तथा स्वस्थ्य बनाउने आफ्नो मुख्य उदेश्य रहेको बताउदै जनताको स्वास्थ्य संवेदनशिल विषय भएकोले आफुले अहोरात्र त्यसका निम्ति खटने गरेको बताए ।

शीविरमा नेत्र रोग विशेषज्ञ डा. किशोर प्रधान, विशिष्ट अतिथि गौतम स्कूलका निर्देहक सोनम लामा, वडा नंबर ३१ का वडाअध्यक्ष जितेन्द्र यादव लगायतकाले मन्तव्य गरेका थिए ।

आँखा शिविरमा करिब ६ सय जनाको आँखा परिक्षण गरिएकोमा करिब एक सय जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ । त्यसैगरी स्वास्थ्य शिविरमा हार्डजोनी तथा नशा, छाती तथा मुटुरोग, स्त्री तथा प्रसुती रोग लगायतका रोगहरुको परिक्षण गरिएको थियो ।

शीविरमा हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. संतोष साह, डा. सुरज रौनियार, छाती तथा मुटुरोग विशेषज्ञ डा. संजय गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मन्जु राई, आँखा रोग विशेषज्ञ डा. मनोज पटेल, डां संजय कुमार गुप्ता, डा. मनोरञ्जन यादव, डा. राजेश महतो, डा. ईन्द्र साह धामी, मेडिकल अफिसर डा. मनोज पटेल, डा. अख्तर आलम, डा. सगीर अंसारी, गण्डक अस्पतालका प्रशासन प्रमुख शौकत अली, सदाम हुसैन, महम्मद हसन अंसारी लगायतका चिकित्सकहरुको समुहले शिविरमा स्वास्थ्य तथा आँखा परिक्षण गरेका थियाे।
शिविरमा स्वास्थ्य तथा आाँखा परिक्षण गराएकाहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।

Related posts

हैजा नियन्त्रणलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा सेनाका डाक्टरहरु पनि खटिए

MadhesKhabar

वीरगन्जकाे सहदेव क्लिनिकमा डा. अनुपमले गरे ५० बिरामीको नि:शुल्क उपचार

MadhesKhabar

नारायणी अस्पतालका डाक्टर र नर्सहरुकाे आन्दाेलनले चाैतर्फी समर्थन पाउँदै,नेविसंघले पनि जनायाे ऐक्यबद्धता

MadhesKhabar

Leave a Comment