Madhes Khabar
स्वास्थ्य हेडलाइन

हैजा नियन्त्रणलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा सेनाका डाक्टरहरु पनि खटिए

वीरगन्ज,२२ भदौं:वीरगन्जसहित पर्सा जिल्लामा हाल देखापरेको झाडापखाला र हैजाको संक्रमण नियन्त्रण तथा नियन्त्रणमा नेपाली सेनाका स्वास्थ्यकर्मीहरु पनि खटिएका छन्।संक्रमण नियन्त्रण तथा राेकथाम अभियानलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको वीरगन्जस्थित श्रीजंग गणबाट चार जना चिकित्सकहरू खटिएका हुन्।

 

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास र श्रीजंग गण्का गणपति तथा कर्णेल लोकेन्द्र कार्की बिच भएको बैठकमा मेसु डा. दासको विशेष अनुरोधमा सेनाका चार जना चिकित्सकहरु बिहिबारदेखी अस्पतालमा खटाइएका हुन्।

श्रीजंग गणका गणपति तथा कर्णेल कार्कीका अनुसार हाल हैजाको कारण सिर्जित आपतकालीन स्वास्थ्य चुनौतीलाई ध्यानमा राखी तत्कालको सहयोगस्वरूप चिकित्सक टोली पठाइएको हो ।उनले स्थानीय तह, अस्पताल तथा सुरक्षाकर्मीबीचको सहकार्यबाट रोग नियन्त्रणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

हाल नारायणी अस्पतालमा झाडापखाला र हैजाका बिरामीहरू उपचाररत छन् । स्वास्थ्यकर्मीहरूले सुरक्षित खानेपानी, सरसफाइमा ध्यान दिने र आवश्यक सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।

यसअघि पनि प्राकृतिक विपत्ति वा आकस्मिक परिस्थितिमा नेपाली सेनाले उपचार, उद्धार तथा राहतमा अग्रसर भई स्थानीय समुदायलाई सहयोग गर्दै आएको छ ।

Related posts

मधेस सरकारले ल्यायो ४६ अर्बको बजेट, कुन मन्त्रालयले कति रकम पाए ?

MadhesKhabar

पर्सा–बारा ओैद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्न उद्योगीहरुको माग

MadhesKhabar

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बित

MadhesKhabar

Leave a Comment