Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

मधेस सरकारले ल्यायो ४६ अर्बको बजेट, कुन मन्त्रालयले कति रकम पाए ?

जनकपुरधाम,१असारःमधेस प्रदेश सरकारकले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५ दशमलव ८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४ दशमलव ११ प्रतिशत रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा भने सरकारले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । मन्त्री यादवले आइतबार प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा ६ दशमलव १३ प्रतिशतले बढेर आएको छ ।

प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको बजेटमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै आगामी आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड ७१ लख ८५ हजार बजेट राखिएको छ । त्यसपछि स्वास्थ्य तथा शिक्षा मन्त्रालयतर्फ ६ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ राखिएको छ । ऊर्जा सिचाइ तथा खानेपानी मन्त्रालयले भने ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार, शिक्षा तथा संस्कृति मन्त्रालयले ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार, उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयले ३ अर्ब ८ करोड ७१ लख ७४ हजार, वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ ।

यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको लागि २ अर्ब ८३ करोड रुपैयाँ,गृह मन्त्रालयमा ६४ करोड ८९ लाख ९७ हजार, श्रम तथा यातायात मन्त्रालयमा ५७ करोड १४ लाख ५० हजार र खेलकुद मन्त्रालयमा १ अर्ब ६८ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री यादवले आगामी आर्थिक वर्षको खर्च व्यहोर्न आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख, ससर्त अनुदानबाट ४ अर्ब २६ करोढ १८ लाख, विशेष अनुदानबनाट ३९ करोड ४५ लाख, समपूरक अनुदानबाट ३५ करोड ८२ लाख गरी जम्मा १२ अर्ब ७३ करोड ६४ लाख व्यहोर्ने रणनीति लिएको बताए ।

यस्तै, संघीय राजश्व बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख, गत वर्षको बचतबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार व्यहोरिने बताए । उक्त रकम २ अर्ब न्यून रहेकाले उक्त रकम व्यहोर्न आन्तरिक ऋण लिइने मन्त्री यादवले बताए ।

Related posts

तराई मधेसमा आज खिंचडी पर्व मनाइदैं

MadhesKhabar

पटेर्वा सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

MadhesKhabar

स्व. नरेश सर्राफ स्मृति अक्षय कोषमा पनि वीरगन्जका मेयर सिंहले दिए नगद १० लाख

MadhesKhabar

Leave a Comment