वीरगन्ज,२३असोज : वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा मंगलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा साहिब दरबार नामक संस्थाले आयोजना गरेको आँखा शिविरमा १ सय २० जनाको आँखा परिक्षण गरिएको छ ।
परिक्षण गराएकामध्ये ४३ जनामा मोतियाबिन्दुको समस्या भेटिएको अस्पतालका संयोजक महेशसिंह धामीले जानकारी दिए ।
उनिहरुको बुधबार वीरगन्ज सामुदायिक आँखा अअस्पतालमा शल्यकृया गरिने साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताए ।
शिविरमा साहिब दरबारका उपाध्यक्ष प्रेमबाबु प्रसाद पटेल, सदस्य अवधेश यदव,सुरज गुप्ता ,हफिज मियाका साथै स्थानीय अगुवा सुलेमान अन्सारी,शेख भिखारी,सुनिता शर्मा लगायतकोपनि उपस्थिति रहेको थियो।

