Madhes Khabar
राष्ट्रिय

विपिन जोशी जीवित नरहेको परिवारलाई इजरायली सेनाले जानकारी गरायो

काठमाडौं,२७असाेज:इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।

साेमबार विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इजरायली सरकारले यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।

‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले भने, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ।’

राजदुत पण्डितका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन। मृतक मध्ये केहीको शव भेटिएको छैन।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, राजदुत पण्डितत र इसराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए।

परराष्ट्र मन्त्रालयले भने इजरायलको आइडिएफले पनि आकलन मात्र गरेको हुन सक्ने बताएको छ।

‘आइडिएफको पनि आकलन मात्र हो। अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन, विगतमा आइडिएफले भनेका मानिसहरुबारे पनि फरक विवरण आएको थियो’, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘अन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा उत्साही र आशावादी छौं।’साभार:सेताेपाटी

Related posts

मधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह

MadhesKhabar

बालेन सरकारकाे पहिलाे निर्णय: कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन

MadhesKhabar

अर्थमन्त्री महत भन्छन् : अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन

MadhesKhabar

Leave a Comment