Madhes Khabar
अन्तर्राष्ट्रिय समाचार

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

काठमाडौं,१५साउन:वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर सम्बन्धित कम्पनीबाट भागेर साउदी सरकारको कानुन नियम विपरीत काम गरि जेल सजाय भोगेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको छ।

 

दूतावास रियादका अनुसार पवित्र महिना रमजान १४४६ को अवसर पारी साउदीको जेलमा रहेका ६५ जना नेपालीलाई साउदी सरकारले दूतावासलाई लिखित रूपमा सूचना दिई आममाफी दिएको जानकारी गराएको छ। साथै नेपाली उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी समेत दिएको छ । आममाफी पाउने नेपालीहरु साउदीका विभिन्न सहरका विभिन्न जेलमा रहेका थिए।

आममाफी पाएका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर जेल कैद सजाय भोग्नु परेको थियो। साउदी अरबमा लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई साउदी सरकारले अवस्था हेरी आममाफी दिँदै आएको छ।

साउदी सरकारले आममाफीका लागि ९० दिनको समय तोकेको हुन्छ। साउदीमा तीन करोड ८४ लाख जनसंख्या मध्ये एक करोड २० लाख आप्रवासी कार्यरत रहेका छन् भने हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा समेत रहेका छन्।साभार:अन्नपूर्णपाेष्ट

Related posts

सन्दीप लामिछानेको मुद्दामा आजपनि फैसला भएन

MadhesKhabar

बहिनीको हत्या गरेर दाईले ट्याङकीमा शव लुकाए

MadhesKhabar

मक्काबाट मदिना जाँदै गरेका तीर्थयात्री सवार बस दुर्घटना, ४२ भारतीयको मृत्यु

MadhesKhabar

Leave a Comment