Madhes Khabar
समाचार

सन्दीप लामिछानेको मुद्दामा आजपनि फैसला भएन

फाइल तस्बिर ।

काठमाडौं,१जेष्ठःक्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलि अर्थात बुधबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।

जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै क्रिकेटर सन्दीप उच्च अदालत पाटन पुगेका थिए ।बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो ।साभारः अनलाइनखबरबाट

 

Related posts

वीरगन्जमा तस्करीको १० लाखको औषधिसहित अटो चालक पक्राउ (भिडियोसहित)

MadhesKhabar

नेपाल टेलिकमकाे २० हजार थान रिचार्ज कार्ड कसरी गायब भयाे ?

MadhesKhabar

पर्सामा एक वर्षमा २२ जना हुण्डी कारोबारीबाट १ करोड ६५ लाख रुपैया बरामद

MadhesKhabar

Leave a Comment