Madhes Khabar
समाचार

सन्दीप लामिछानेको मुद्दामा आजपनि फैसला भएन

फाइल तस्बिर ।

काठमाडौं,१जेष्ठःक्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलि अर्थात बुधबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।

जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै क्रिकेटर सन्दीप उच्च अदालत पाटन पुगेका थिए ।बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो ।साभारः अनलाइनखबरबाट

 

Related posts

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

MadhesKhabar

बार एशोसियसनको स्थापना दिवसमा वीरगन्जमा पनि निकालियो प्रभातफेरि

MadhesKhabar

पर्सामा सशस्त्र प्रहरीद्वारा एक वर्षमा २९ करोडको सामान बरामद, २१ जना हुण्डी कारोबारी पक्राउ

MadhesKhabar

Leave a Comment