Madhes Khabar
समाचार

वीरगन्जबाट दुई करोड भन्दा बढि मुल्यको दुई ट्रक सामान बरामद

मधेसखबर
वीरगन्ज,२२चैत : राजश्व छलेर भित्रयाइएको आशंकामा वीरगन्जबाट प्रहरीले दुइ करोड भन्दा बढि मुल्यको सामान सहितका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थि सडकखण्डबाट बुधबार प्रहरीले दुई करोड २६ लाख भन्दा बढि मुल्यका सामान लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट मालसामान बोकेर कलैया र विराटनगर जादैै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरको ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा दुवै ट्रकबाट श्रृंगारका सामाग्री, हार्डवेयर, औषधी र लत्ताकपडा गरि २ करोड २६ लाख ८ सय २३ रुपैया मुल्यको सामान बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

ती दुवै ट्रकमा बिलबिजक भन्दा बढि मुल्यको सामान भेटिएपछि मालसामान सहितका दुवै ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जानकारी पनि उनले दिए ।

Related posts

आज बेलुकादेखि वर्षा कम हुँदै जाने पूर्वानुमान

MadhesKhabar

खानेपानी कार्यालय बाराका तत्कालीन निमित्त प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा : डेढ करोड अवैध आर्जन गरेको आरोप

MadhesKhabar

वीरगन्जमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते

MadhesKhabar

Leave a Comment