Madhes Khabar
समाचार

वीरगन्जमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते

वीरगन्ज,३० चैतः वीरगन्जमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नी निवासी दिपेन्द्र श्रीवास्तव रहेका छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर चोकस्थित सडकमा सशस्त्र प्रहरीको ना १ झ १५३१ नम्बरको स्कार्पियोले प्रदेश २–००१–प १६२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलका चालक श्रीवास्तव घाइते भएका हुन्।

ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको श्रीवास्तवले हाँकेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। चिनी र खानेतेल लोड गरेको मोटरसाइकललाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

घटनाबारे स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई फोन गरेर जानकारी दिएपछि पुगेको वडा प्रहरी कार्यालय श्रीपुरबाट बरिष्ठ प्रहरी नायव निरीक्षक धिरेन्द्र थपलिया नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

Related posts

काेशी ब्यारेजबाट बस सप्तकाेशी नदीमा खस्याे, यात्रु र चालक सबैकाे सकुशल उद्धार

MadhesKhabar

मधेसको अध्ययन गरेर फर्किएको टोलीले भन्यो : चैत यता ३०० डिप बोरिङ खनियो,५० ट्रान्सफर्मर चोरी

MadhesKhabar

पर्सामा लाखौं लगानी गरिएको विजुली उत्पादन गर्ने ग्यासिफायर प्लान्ट अलपत्र

MadhesKhabar

Leave a Comment