Madhes Khabar
समाचार

नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित एक जना पक्राउ


फाइल तस्बिर ।

काठमाडौं,३१भदौं :ललितपुरबाट नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का रहेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ८ सौगलमा रहेको डेराबाट रोक्कालाई नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । रोक्काको डेराबाट ११५ थान नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।

Related posts

गरुडामा बसको ठक्करबाट व्यपारीको मृत्यु भएपछि प्रदर्शन र चक्का जाम

MadhesKhabar

यसपालीको बजेट कसैको दबाबमा होइन, जनताकै राय–सुझावमा बन्नेछ : मन्त्री यादव

MadhesKhabar

नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिएर अगाडि बढेका छौं : मन्त्री यादव

MadhesKhabar

Leave a Comment