Madhes Khabar
समाचार

सिमरामा जेनजीको प्रदर्शन आजका लागि स्थगित, वार्ता भोलि हुने

बारा,४मंसिरः बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन आज (बिहीबार)का लागि स्थगित भएको छ। हिजो (बुधबार) कुटपिटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतीपछि जेनजी युवाहरुले आजका लागि प्रदर्शन स्थगित गरेका हुन्।

जेनजी युवा कपिल खरेलले स्थानीय प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताए। तर आन्दोलनका अन्य कार्यक्रमहरु भने यथावत नै रहेको उनले बताए । उनका अनुसार प्रहरी प्रशासन र जेनजीबीच भोलि (शुक्रबार) वार्ता हुनेछ।

आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले आज दोस्रो दिन पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए।

प्रदर्शन स्थगित भएपछि सिमरामा आज बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात अपरान्ह ४ बजेपछि सुचारु भएको छ। यातायात सुचारु भएसँगै सिमराको अवस्था सामान्य बन्दै गएको छ।दिवाकर भण्डारी अन्नपूर्णपोष्ट

 

 

Related posts

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान

MadhesKhabar

वीरगन्जमा सामाजिक सदभाव कायम गर्न सरकार असफल : पूर्वमन्त्री प्रभु साह

MadhesKhabar

वीरगञ्ज महानगरको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिमा १३ सदस्य मनोनीत

MadhesKhabar

Leave a Comment