वीरगन्ज,२५फागुनःवीरगन्जबाट प्रहरीले लागू औषध चरेससहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको विन्दबासिनी गाँउपालिका वडा नम्बर ३ का ३५ बर्षिय सरोज साह,वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का २३ बर्षिय रवि चौधरी र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ भवानीपुरका २३ बर्षिय लडु राम रहेका छन् । उनिहरुलाई ६ किलो ५९० ग्राम चरेससहित प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्हचोकबाट शनिबार बेलुकी पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा पहरी चौकी भिस्वाबाट खटिएको प्रहरी टोलीले ब्रम्हचोकको एक घरमा डेरा लिइ बसेका उनिहरुको कोठामा खान तलासी गर्दा प्लास्टिकमा बेरेर राखिएको १५ प्याकेट चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चरेससहित पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिहरुविरुद्ध लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

