Madhes Khabar
समाचार

बारामा ठूलो परिमाणमा सालको काठसहित एक तस्कर पक्राउ

बारा,१६भदौं :बारामा मधुवन सब–डिभिजन वन कार्यालयको टोलीले ठूलो परिमाणमा सालको काठसहित एक जना तस्करलाई पक्राउ गरेको छ ।

बारामा काठ तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा वन कार्यालयले सालको काठसहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनीलाई पक्राउ गरेको हो ।

सब–डिभिजन वन कार्यालय मधुवनबाट वन अधिकृत संजय कुमार चौधरीको नेतृत्वमा खटिएको टोलीले बथान टोल नजिकबाट काठसहित सहनीलाई पक्राउ गरेको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

उनका अनुसार ५ थान सालको काठ ४६.०६ क्युफिट, ६ थान होंडा साइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरिएको हो ।पक्राउ परेका सहनीलाई डिभिजन वन कार्यालय बाराको थुनुवा कक्षमा राखेर थप अनुसन्धान भइरहेको झाले जानकारी दिए।

Related posts

मोदीको शपथमा दिल्ली जाँदै प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द

MadhesKhabar

बारामा १२२ केजी गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment