Madhes Khabar
समाचार

मोदीको शपथमा दिल्ली जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२४जेष्ठःप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छ । प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।

भारतको कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहेका मोदीले प्रधानमन्त्री दाहालसहित दक्षिण एसियाका विभिन्न देशका सरकार प्रमुखलाई समेत निम्तो पठाएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीमा हुने शपथ ग्रहणका लागि श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधामन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री परविन्द जगन्नाथलाई समेत निमन्त्रणा पठाइएको छ ।साभारःईकान्तिपुरबाट

 

Related posts

खानेपानी मन्त्री यादव र युनिसेफकी प्रतिनिधी एलिसबीच बृहत् छलफल

MadhesKhabar

नेपाली नाकाबाट भारतमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन

MadhesKhabar

काँग्रेसका बुथ उपसभापति जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment