हेटौंडा,६जेठःमकवानपुरको हेटौंडामा जमिनमुनि भासिएर गायब भएको गाडीको पार्टपुर्जा फेला परेको छ।हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँस्थित जमिनमुनि भासिएको १९ दिनपछि गाडीका पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक(डिएसपी) श्यामु अर्यालले जानकारी दिए।
गत बैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी अचानक जमिनमुनि भासिएको थियो।तर खोजी गर्दा पनि फेला परेको थिएन।बैशाख २३ गते र जेठ २ गते भूगर्भ शास्त्र केन्द्रीय विभाग काठमाडौंको टोलीले अनुसन्धान गरेको थियो। उक्त टोलीले माटोको परीक्षण गर्दा उक्त ठाउँमा सतर्कता अपनाएर उत्खनन् गर्न मिल्ने सुझाव दिएको थियो।
क्त सुझाव अनुसार स्थानीय जनप्रतिनिधिहरूले पनि क्रेन र स्काभेटरको सहयोगमा गाडी खोज्ने निर्णय लिएका थिए।खोजी गर्नेक्रममा गाडीका केही पार्टपुर्जा फेला परेका हुन्।साभारः सेतोपाटी

