Madhes Khabar
समाचार

वार्ताका लागि खेलकुदमन्त्री बब्लु गुप्ता र जेनजी अगुवा सुदन गुरुङ सिमरा आउँदै

काठमाडौं,४मंसिर: बुधबारदेखि बाराको सिमरामा उत्पन्न विवाद समाधान गर्नका लागि खेलकुद मन्त्री बब्लु गुप्तासहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादव सिमरा आउँदैछन् ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ सिमराका लागि प्रस्थान गरेका हुन् ।

बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । बुधबार एमाले महासचिव शंकर पाेख्रेल,नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले सिमरामा विराेध प्रदर्शन गर्न थालेपछि एमालेका कार्यकर्ताहरुसंग झडप भएको थियाे ।

कुटपिट गर्ने एमाले नेताकार्यकर्तालाई पक्राउ गरि कारबाहीको माग गर्दै जेनजी युवाहरुले बुधबारदेखि सिमरामा प्रदर्शन गर्दै आएका कारण बिहीबार पनि सिमरा तनावग्रस्त थियाे ।

बिहीबार बाराका प्रजिअ मिश्रले वार्ताका लागि आह्वान गरि सदरमुकाम कलैया बाेलाएपछि जेनजी नेताहरुले सिमरामै वार्ता गर्ने अडान लिएपछि बिहीबार वार्ता नै हुन सकेन।

 

जेनजी नेताहरु अन्तत कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा गएर वार्ता गर्न तयार भएपछि शुक्रबार वार्ता हुने भएको हाे।त्यहि वार्तामा सहभागी हुन खेलकुदमन्त्री गुप्ता, जेनजी अगुवा गुरुङ बारा आउन लागेकाे बताइएको छ।

Related posts

वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

MadhesKhabar

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

सिमलतालमा त्रिशुली नदीमा खसेको गणपति डिलक्सको बस डेढ वर्षपछि भेटियो

MadhesKhabar

Leave a Comment