Madhes Khabar
समाचार

वीरगन्जको हाेटलबाट लागू औषधसहित दुई जना पक्राउ

वीरगन्ज,१०साउन:वीरगन्जमा रहेकाे एक हाेटलबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा चितवनकाे रत्ननगर नगरपालिका- ६ का ५२ वर्षीय उत्तम कुमार पाठक र पर्साकाे वीरगन्ज महानगरपालिका-२ का ३५ वर्षीय ओसिम ठकुराई रहेका छन् ।

वीरगन्ज-१६ रजतजयन्ती चोकमा रहेको जय नेपाल होटलको कोठा नंबर ११८ मा लागू औषध बिक्री वितरण भइरहेको विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियाे।त्यहीँ सुचनाको आधारमा आइतबार बिहान प्रहरी चौकी ईनर्वा र लागू औषध नियन्त्रण ब्यूरो पर्साबाट खटिएको प्रहरीकाे संयुक्त टोलीले उक्त होटलमा पुगेर छापा मारेको थियो।

त्यसक्रममा उक्त काेठामा बसेका पाठक र ठकुराईकाे साथबाट लागू औषध निटकाेर ट्याब्लेट २०० पीस र ओनरेक्स २ बोतल बरामद भएको प्रहरीले जनाएको छ।

लागू औषध बिक्री वितरणमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए।

Related posts

वीरगन्जका क्यासिनोहरुमा मध्यरातमा छड्के अनुगमन :नेपाली नागरिक नभेटिएको प्रहरीको दाबी

MadhesKhabar

खानेपानी तथा सरसफाइको क्षेत्रमा अधिकतम लगानी गर्न विशेदी दातृ निकायसंग मन्त्री यादवको आग्रह

MadhesKhabar

झुम्सा आयोजना छिट्टै सकेर बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment