वीरगन्ज,२७चैतः वीरगन्जमा सञ्चालनमा रहेका क्यासिनोहरुमा प्रहरीले मध्यरातमा छड्के अनुगमन गरेको छ ।वीरगन्जका क्यासिनोहरुमा गैरकानुनी रुपमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना पाएपछि बिहीबार राति जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयवीर्ताको संयुक्त टोलीले तीन वटा क्यासिनोमा आकस्मिक छड्के अनुगमन गरेको हो ।
प्रहरीले वीरगन्जको होटल दियालो लर्डसमा सञ्चालित किङ क्यासिनो, होटल सुरजमा रहृको सुरज होटेल क्यासिनो र होटल सरोबरमा रहेको मोहजोंग क्यासिनोमा छड्के अनुगमन गरेको हो।
वीरगन्जका क्यासिनोहरूमा नेपाली नागरिक प्रवेश गर्दै आएको सूचनापछि बिहीबार राति सादा पोशाकमा खटिएका प्रहरीले आकस्मिक छड्के अनुगमन गरेको जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।
तर छड्के अनुगमनका क्रममा ती तीन वटा क्यासिनोभित्र एक जनापनि नेपाली नागरिक भने फेला नपरेको बस्नेतले बताए।

