Madhes Khabar
समाचार

पर्साको ठोरीमा लागू औषधसहित चितवनका एक युवक पक्राउ

वीरगन्ज,२३ वैशाख : पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय विश्वास परियार रहेका छन् ।

गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरीको चौतारामा रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार परियारले लगाएको पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखिएको लेबोरोट क्याप्सुल ४७५ पिस बरामद भएको थियो ।

बरामद उक्त क्याप्सुलसहित परियारलाई नियन्त्रणमा लिएर उनिविरुद्ध लागू औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Related posts

बर्दिबासमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते

MadhesKhabar

पर्सा प्रहरीद्वारा १ वर्षमा १ हजार ५११ फरार अपराधि पक्राउ, ३ करोड ५५ लाख जरिवाना असुल

MadhesKhabar

पर्साको भलुवाही खोलाको झाडीबाट ठूलो परिमाणमा चरेस बरामद

MadhesKhabar

Leave a Comment