Madhes Khabar
समाचार

वीरगञ्जमा तीज साँझ कार्यक्रम सम्पन्न


मधेसखबर
भाद्र १२ गते । वीरगंज प्रोमोटर्स एण्ड एडभर्टाइजिङको आयोजनामा वीरगंजमा तिज सांझ कार्यक्रम सम्पन्न भएको छ । प्रधायापक एवम् नेपाली काँग्रेसकी नेतृ डा. सुष्मा तिवारी द्विवेदीको अध्यक्षतामा शनिवार साँझ भएको कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाकाका उप मेयर इम्तियाज आलमले गरेका थिए ।

टिम नेपो पर्साको सह आयोजना र दिगो बिकास महिला तथा ओम्यान स्किल सेन्टरको सहकार्यमा वीरगंजको घण्टाघर स्थित क्लासिक ब्याङक्रिटमा भएको कार्यक्रममा स्थानिय कलकार तथा महिलाहरुद्वारा गित, संगित तथा नृत्य समेत प्रस्तुत गरिएको आयोजक टिमका नितेश वर्णवालले वताए ।

कार्यक्रममा वुमेन स्किल्स सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास, निखिल ज्वेलर्सका उपेन्द्र सर्राफ, डा. आमिर आलम, पंकज पटेल, प्रेस सेन्टर केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन रायन कायस्थले गरेका थिए ।

Related posts

पोखरिया–९ का विभिन्न टोलमा एमाले उम्मेदवार रुपेश पाण्डेको घरदैलो अभियान

MadhesKhabar

बिन्दवासिनी–५ बटसौरामा ८० जना माओवादी छोडेर एमाले प्रवेश, रुपेश पाण्डेयलाई समर्थन

MadhesKhabar

पर्साको गादी खोलाबाट गिट्टी बालुवा सहितको दुई वटा ट्रयाक्टर नियन्त्रणमा

MadhesKhabar

Leave a Comment