Madhes Khabar
समाचार

पर्साको गादी खोलाबाट गिट्टी बालुवा सहितको दुई वटा ट्रयाक्टर नियन्त्रणमा

फाइल फोटो

प्रमोद यादव

वीरगन्ज,१९असार: पर्साको गादी खोलाबाट प्रहरीले   गिटीबालुवा सहितको दुई वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिएको टोलीले पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर २ मा पर्ने गादी  खोलाबाट ना ६ त ३६५२ र ना७ त १४३४ नम्बरको ट्रयाक्टर अबैध गिटी बालुवा सहित नियन्त्रणमा लिएको हो।

दुवै  ट्रयाक्टर आवश्यक करवाहीको लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

बारामा एकै दिन ८ जना फरार प्रतिवादी

MadhesKhabar

लिपुलेक विवादमा भारतको कडा प्रतिक्रिया : नेपालको दाबी ‘ऐतिहासिक तथ्यविहीन’ भन्दै पुरानै अडान दोहोर्‍यायो

MadhesKhabar

राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

MadhesKhabar

Leave a Comment