Madhes Khabar
समाचार

पर्साको गादी खोलाबाट गिट्टी बालुवा सहितको दुई वटा ट्रयाक्टर नियन्त्रणमा

फाइल फोटो

प्रमोद यादव

वीरगन्ज,१९असार: पर्साको गादी खोलाबाट प्रहरीले   गिटीबालुवा सहितको दुई वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिएको टोलीले पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर २ मा पर्ने गादी  खोलाबाट ना ६ त ३६५२ र ना७ त १४३४ नम्बरको ट्रयाक्टर अबैध गिटी बालुवा सहित नियन्त्रणमा लिएको हो।

दुवै  ट्रयाक्टर आवश्यक करवाहीको लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

मधेससहित देशभर अझै दुईदिन पानी पर्ने सम्भावना

MadhesKhabar

अब वीरगन्जमापनि उपलब्ध हुदैं ‘पठाओ’ सेवा,बाइक राइडरको दर्ता सुरु

MadhesKhabar

ठोरीमा ढुङगाले हानेर घाइते बनाइएका युवकको मृत्यु

MadhesKhabar

Leave a Comment