Madhes Khabar
समाचार हेडलाइन

बारामा एकै दिन ८ जना फरार प्रतिवादी

जिप्रका बारा।

वीरगन्ज,५मंसिरःबारामा प्रहरीले अदालतबाट सजायको फैसला भएपछि फरार रहेका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी ईकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले एकै दिन ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेर आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालतमा बुझाएको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

लागू औषध मुद्धामा फरार रहेका निजगड ८ की माया गोल,निजगढ ८ कै बालकृष्ण थापा,निजगढ ८ कै इन्दिरा थापा, चेक अनादर मुद्धाका निजगढ ९ का खडक राज मैनाली र कलैया ४ का शिब मंगल राम, सवारी दुर्घटना मुद्धाका निजगढ २ का सागर राई, डाँका मुद्धाका बिश्रामपुर.२ बरैनिया रुपेश यादव भन्ने अर्जुन राय यादव र कुटपिट अंगभग मुद्धाका परवानिपुर.३ लिपनिमालका जयप्रकाश प्रसाद यादवलाई पक्राउ गरिएको सापकोटाले बताए ।

बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका उनिहरु बरदातपछि फरार भई लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरि आवश्यक कारवाहीको लागी सम्मानित बारा जिल्ला अदालतमा बुझुाइएको उनले जानकारी दिए ।

Related posts

पर्सा–१ मा प्रदीप यादवको पहिचान : ‘ संकटमा साथ, विकासमा भरोसा’

MadhesKhabar

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरकाे तयारी

MadhesKhabar

बाराका विद्यालयहरुमा राजनीति गतिविधि गराउने शिक्षकलाई कारबाहीको चेतावनी

MadhesKhabar

Leave a Comment