Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–१ मा प्रदीप यादवको पहिचान : ‘ संकटमा साथ, विकासमा भरोसा’

वीरगन्ज,२९माघःपूर्व खानेपानीमन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट दुई पटक प्रतिनिधिसभा सदस्य (सांसद)मा निर्वाचित भएका हाल नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले तीन पटकको मन्त्री तथा सांसदको दुई कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका ५ दर्जन बढी योजना कार्यान्वयनमा ल्याएका छन् ।

तीमध्ये कतिपय विकासे आयोजना निर्माण सम्पन्न भई कार्यान्वयन तथा सञ्चालनमा आइसकेका छन् भने केहि आयोजना निर्माणाधिन अवस्थामा छन् । केहि भने शिलान्यास भई निर्माणका प्रकृयामा छन् ।

२०७४ र २०७९ को निर्वाचनमा निर्वाचित पूर्व सांसद यादवले पर्सा क्षेत्र नम्बर १ मा दुवै कार्यकालमा गरी खानेपानी, सडक, नाला,विद्यालय, अस्पताल, दलितका आवास लगायतका क्षेत्रमा गरी करोडौंका विकासे आयोजनाहरु कार्यान्वयनमा ल्याएको उनका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए ।

उनले भने,‘ पर्सा जिल्लाको सन्दर्भमा प्रदिप यादवको पहिचान भाषणले होइन, कामले बनाएको छ । जनताको सुख–दुःखमा निरन्तर साथ, संकटका बेला अग्रपंक्तिमा उहाँको उपस्थिती रहन्छ । विकासका सवालमा पनि परिणाम देखिने कामहरु उहाँले गर्नु भएको छ ।’

वीरगञ्जमा खानेपानीको चरम अभाव हुँदा होस् वा हैजाको महामारीले जनजीवन त्रसित हुँदा, पुर्वसांसद यादव जनताको बीचमै गएर सेवा गरेको उनी बताउँछन् ।

यादवले वन तथा वातावरण मन्त्री, खानेपानी मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा पनि आफ्नो क्षेत्र र जनताबाट दूरी नबनाएको उनले बताए। मन्त्रालय सम्हाल्दै गर्दा समेत वीरगञ्ज र पर्साका समस्या प्राथमिकतामा राखेका पूर्वमन्त्री यादवले पर्सामा विकासको आधारशीला राख्ने जनप्रतिनिधिका रुपमा स्थापित भएको जिकिर गरे ।

मन्त्री र सांसद हुदाँ पर्सा– १ मा मात्रै ल्याएका छन् अर्बौका योजना
केहिवर्षदेखि गर्मीका बेला खानेपानीको संकट झेल्दै आएको वीरगन्जमा उक्त समस्या दीर्घकालिन समाधाानका लागि करिब साढे चार सय करोड बजेटको खानेपानी आयोजना निर्माणको प्रकृया सुरु गराइसकेका छन् । यसबाहेक सडक, ढलान, नाला, विद्यालय भवन र धार्मिक–सांस्कृतिक क्षेत्रको पूर्वाधार निर्माणमा उल्लेखनीय लगानी भएको छ ।

वीरगन्ज– १८ ईनर्वा गाउँदेखि भवानीपुर हुँदै ड्राइपोर्टसम्मको सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ विनियोजन भयो । यो सडकले स्थानीय बासिन्दामात्र होइन, उद्योग र व्यापारसँग जोडिएका सवारीसाधनलाई समेत सहज बनाएको छ। त्यस्तै, वीरगन्ज–३१ सोलखपुर आसपासको सडक स्तरोन्नतिमा ३ करोड, वीरगन्ज २२ मा सडक ढलानका लागि ३ करोड तथा मनियारी गाउँ पश्चिमतर्फ सडक स्तरोन्नति तथा ढलान–नाला निर्माणमा ३ करोडको योजना अघि बढेको छ ।

वीरगञ्ज–२० स्थित गढीमाई मन्दिरदेखि जोडिने सडक स्तरोन्नतिमा ३ करोड, वीरगञ्ज २१ मा सडक निर्माणमा ३ करोड तथा वीरगञ्ज ११ स्थित नेपाल राष्ट्रिय विद्यापिठ माध्यमिक विद्यालय श्रीपुरको विद्यालय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन हुनु पनि यादवकै पहलको परिणाम हो ।

ठूला योजनासँगै साना तर जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने परियोजनाहरू पनि यादवको प्राथमिकतामा परे । वीरगञ्ज १४ पिपरामा सडक निर्माणका लागि १ करोड, वीरगञ्ज १५ भिस्वा त्रिशुल चोकदेखिको सडक निर्माणमा ५० लाख, वीरगञ्ज १२ नेशनल ट्रेडिङदेखि रेडियो वीरगञ्ज क्षेत्रको सडक निर्माणमा ५० लाख, राधेमाई सडक निर्माणमा ५० लाख तथा वीरगञ्ज १३ नयाँ टोलको ईदगाह परिसरभित्र पूर्वाधार निर्माणका लागि ६० लाख रुपैयाँ उनकै पहलमा आएको हो ।

यसका अतिरिक्त १५ लाख, २५ लाख, ४० लाखका दर्जनौँ योजनाहरू विभिन्न वडामा सडक ढलान, नाला निर्माण र अन्य आधारभूत पूर्वाधारमा निर्माणका लागि यादवले नै बजेट ल्याएका छन् ।

यादवको पहलमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ प्रसोतीपुरदेखि कोनिया गाउँ सोलखपुर हुँदै रामबनसम्म सडक स्तरोन्नतिका लागि १ करोड, वडा नं. २१ ईस्लामपुरदेखि जनता सडकसम्म सडक स्तरोन्नतिमा १ करोड, वडा नं. २२ जगरनाथपुर आईसिपीदेखि पूर्वतर्फ सडक स्तरोन्नतिमा १ करोड बजेट बिनियोजन भएको थियो ।

त्यस्तै, वीरगञ्ज–१८ मा सूर्य मन्दिर पोखरी सौन्दर्यकरणका लागि १ करोड र वीरगञ्ज १२ पारस साहको घरदेखि मनिर मियाँको घर हुँदै राजेन्द्र साहको घरसम्म ढलान सडक निर्माणका लागि १ करोड रुपैयाँको योजना अघि बढेको छ। यी योजनाले धार्मिकदेखि पर्यटकीय क्षेत्रको महत्व समेत बढाउनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

यसका अतिरिक्त कोरोना महामारी,हैजाको प्रकोप र खानेपानीको हाहाकार भएका बेला सांसद र मन्त्री हुदाँपनि उनि काठमाडौंमा बसेनन् । आफ्नो स्वास्थ्यको समेत ख्याल नगरि उनि ती महामारी र संकटका बेला आफ्नो निर्वाचन क्षेत्रमा आएर जनताकोमाझ बसेर काम गरेको उनका स्वकीय सचिव साह बताउँछन् ।साह भन्छन्,‘यो कुरा यहाँका जनताले आँफ्नै आँखाले देखेको र अनुभुत गरेको कुरा हो ।’

Related posts

रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनैपनि सुविधा नलिने

MadhesKhabar

त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका काेइराला विजयी

MadhesKhabar

बारा–३ का रास्वपा क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment