Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको नारायणी अस्पतालको एनआईसीयु वार्डमा कसरी भयो आगलागी ?

तस्बिर : अविद हुसेन

वीरगन्ज,८पुसः वीरगन्जको नारायणी अस्पतालमा मंगलबार साँझ आगलागी भएको छ । अस्पतालको ऐश्वर्य प्रसूती गृह भवनमा रहेको एनआईसीयु वार्डमा मंगलबार साँझ आगो लागेको हो ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, एनआइसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसीमात्रै जलेर नष्ट भएको बाहेक अन्य कुनैपनि क्षति नभएको अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले बताए ।

मंगलबार साँझ ४ः३० बजेतिर एसीको तार सर्ट भएर आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरुले पुगेर बिजुलीको लाइन काटिदिएकाले ठूलो दुर्घटनाबाट जोगिएको डा. चौरसियाले बताए । आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरुले अस्पतालमै रहेको फायर ग्यास सिलिण्डरको मदतले आगो निभाउन सफल भएको उनले जानकारी दिए ।

त्यसलगत्तै वीरगन्ज महानगरपालिकाको कार्यालयबाट पनि वारुण यन्त्र (दमकल) आइपुगे पनि त्यसको मदत लिन नपरेको उनले बताए । एनआईसीयु वार्डमा आगो लागेका बेला वार्ड भित्र कुनैपनि बिरामी बच्चा नभएको जानकारी पनि उनले गराए ।

 

Related posts

शीतलहर बढेसंगै वीरगन्ज महानगरद्वारा  सार्वजनिक स्थानहरुमा आगाे ताप्न दाउरा वितरण 

MadhesKhabar

मेयर सिंहको प्रयासमा वीरगन्जका डुबान क्षेत्रको पानीको निकास खोलिएपछि किसानहरु खुशी

MadhesKhabar

पर्साको प्रसिद्ध धार्मिकस्थल रामभौरी भाठा धाममा तीन दिने भव्य मेला सुरु

MadhesKhabar

Leave a Comment