Madhes Khabar
स्थानिय हेडलाइन

गरिमाको बलात्कारपछि हत्या घटनामा संलग्न आरोपमा थप १ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं,८भदाैं:बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१ सिमरा घर भएका प्रदीप खड्का रहेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ गते साँझ मृत भेटिएकी थिइन् । घरबाट हराएको ३ दिनमा गरिमा मृत भेटिएकी थिइन् ।

गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक (डीएसपी) मीन बहादुर घलेले रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्म प्रदीप खड्का सहित ९ जना पक्राउ परेका छन् ।’

बलात्कार र हत्यामा संलग्न आरोपी प्रदीप खड्का विद्यार्थी हुन् ।साभार:राताेपाटी

Related posts

बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् सहित दुई जना पक्राउ

MadhesKhabar

हिन्दुहरूको अत्यन्त प्राचीन् पर्व होली मधेसमा आज मनाइदैं

MadhesKhabar

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

MadhesKhabar

Leave a Comment