Madhes Khabar
स्थानिय

बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् सहित दुई जना पक्राउ

मधेसखबर
वीरगन्ज ,१७ भदौं : बारामा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान सहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेका हुन् ।

सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । अप्सना सहनाजकी जेठानी हुन् ।

भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको भनी सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अवलोकन र अनुसन्धान गरेको थियो ।

सहनाजको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएपछि प्रहरीले सैमोदिनसँग सोधपुछ गर्दा सैमोदिनले घटनामा भाउजु अप्सना समेतको संलग्नता रहेको बताएका थिए ।

प्रहरीले बिहीबार नै उनीहरुलाई पक्राउ गरेर ल्याएको थियो । दुवै जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

Related posts

पटेर्वा सुगाैलीकाे विशेष गाँउसभा : याेजनाहरु संशाेधन,ऐन-कानुन पारित

MadhesKhabar

पर्सा प्रहरीको ठूलाे सफलता : वीरगन्जमा अहिलेसम्मकै धेरै ब्राउन सुगरसहित ४ काराेबारी पक्राउ

MadhesKhabar

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुल क्षेत्रलाई आकर्षक बनाउन वृक्षारोपण पनि सुरु

MadhesKhabar

Leave a Comment