वीरगन्ज,७मंसिरःभारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाकामा रहेको मितेरी पुल क्षेत्रलाई सौन्दर्यकरण गरी आकर्षक बनाउन जारी महानगरपालिकाको अभियान अन्तर्गत आइतबारदेखि वृक्षारोण गर्न थालिएको छ ।
मितेरी पुल क्षेत्रको सरसफाई गरी रुखविरुवाहरु रोपेर आकर्षक पार्न ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको सहयोगमा महानगरपालिकाले विगत तीन हप्तादेखि अभियान नै चलाइरहेको छ । उक्त अभियान अन्तर्गत नै आइतबारदेखि मितेरी पुलको दाँया बाँयाको खाली जग्गाामा वृक्षारोपण गर्न थालिएको हो । आइतबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंह आँफैले विरुवा रोपेर त्यसको शुभारम्भ गरे ।
महानगरको यो अभियानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर. १३ गण हेडक्वाटर पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साकोपनि सहयोग रहेको छ ।

