वीरगन्ज,२४फाल्गुनःवीरगन्जमा बिहीबार शान्ति ¥याली निकालेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष भने मार्च ८ अर्थात शुक्रबार महाशिवरात्री परेकाले बिहीबार नै मनाइएको हो ।
वीरगन्ज महानगरपालिका,वीरगन्ज नर्सीङ क्याम्पस ,आमा नेपाल फाउण्डेशन,हरिखेतान बहुमुखी क्याम्पस लगायतका संघसंस्थाको संयुक्त आयोजनामा वीरगन्जमा बिहीबार शान्ति ¥याली निकालेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको आमा नेपाल फाउण्डेशनकी अध्यक्ष प्रमिता मानन्धरले जानकारी दिइन् ।
“महिलामा लगानी, सभ्य र सम्मुन्नत समाजको थालनी” भन्ने नाराका साथ वीरगन्जको विर्ता मन्दिर नजिकबाट सुरु भएको शान्ती ¥याली नगर परिक्रमा गरी पुनः विर्ता मन्दिरमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला अगुवाहरुले आफ्नो हक तथा अधिकारका लागि महिलाहरुले सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिए ।बिहीबार नै वृक्षा रोेपण र सरसफाई कार्यक्रमपनि गरिएको मानन्धरले जानकारी दिइन् ।
¥याली तथा कोणसभामा महिला नेत्री अन्नपुर्णा मानन्धर, वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य राधा कार्की, वीरगन्ज नर्सिङ क्याम्पसकी प्रमुख डाक्टर कल्पना पौडेल,प्रतिमा सिंह, रानी रोय लगायतकोपनि सहभागीता थियो ।

