Madhes Khabar
स्थानिय

वीरगन्जको छपकैयाबाट लाखाैं मुल्यकाे पटाका बरामद

वीरगन्ज,१९कार्तिक भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरकाे पटाका सशस्त्र प्रहरीले वीरगन्जको छपकैयाबाट नियन्त्रणमा लिएको छ ।

सीमावर्ती भारतीय सहर रक्सौल लगायतका स्थानबाट अवैध तरिकाले नेपाल ल्याइएको लाखौँ मूल्य बराबरको पटाका सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल वीरगन्ज आउट पोस्टबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगन्ज २ छपकैयाको इदगाहा चोक नजिकैबाट मधेस प्रदेश ०३–००१ च ७५०० नम्बरको स्कर्पियो गाडीबाट पटाकाहरू बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले ती पटाकाहरू शनिबार राति बरामद गरिएको जानकारी दिए । उनले यसअघि विभिन्न व्यक्तिहरूबाटपनि पटाकाहरू बरामद गरिएको बताए । दीपावली नजिकिएसँगै भारतबाट अवैध तरिकाले पटाकाहरू नेपाल भित्रिने गरेको छ ।

Related posts

जनप्रतिनिधिको सुशासन प्रभाव : वीरगन्ज महानगरमा वर्षेनी घट्दै बेरुजु रकम

MadhesKhabar

पटेर्वा सुगाैली गाँउपालिकामा आमरण अनशन बसेका युवक अस्पतालमा भर्ना

MadhesKhabar

वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउ महानगरले काम गरिरहेको छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment