Madhes Khabar
स्थानिय

वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउ महानगरले काम गरिरहेको छ : मेयर सिंह

वीरगन्ज, १९ भदौं : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक नगरीका रुपमा परिचित वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि महानगरपालिकाले कामपनि गरीरहेको मेयर सिंहको भनाई छ ।

मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्टका संस्थापक एंव अध्यक्ष डा. जगत शाहसँग वीरगन्जमा भएको भेटवार्ताका क्रममा मेयर सिंहले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणापनि राखे । औद्योगिक एंव आर्थिक नगरी वीरगन्जमा डा. शाहलाई स्वागत गर्दै मेयर सिंहले समृद्धि र विकासका लागि आर्थिक, भौतिक एंव नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेकोपनि बताए ।

त्यस अवसरमा डा. शाहले पनि भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउँदै त्यसको लागि वातावरण निर्माण गर्न मेयर सिंहसंग आग्रह गरे । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गराउदै उनले भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

त्यस अवसरमा वरिष्ठ पत्रकार चन्द्रकिशोर , उद्योगपति अशोक बैद्य, भारतीय महावाणिज्य दूतावासका कर्मचारी लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

बाराकाे बलिरामपुरमा पूर्वमन्त्री साेनलले वडा कार्यालय भवनकाे गरे शिलान्यास

MadhesKhabar

पत्रकार महासंघ पर्सा र पर्सा बार एशाेसिएशनबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

MadhesKhabar

वीरगन्जको ट्रान्सपोर्टमा छापा मार्न गएको सशस्त्र प्रहरीलाई व्यपारीहरुले कुटेर लखेटे

MadhesKhabar

Leave a Comment