Madhes Khabar
स्थानिय

पर्साको ४ क्षेत्रका लागि ३ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मधेसखबर
वीरगन्ज,२२ असोज : मंसिर ४ को प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि पर्साको तीन ठाँउमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा ४ प्रतिनिधीसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र छ ।
चार वटा प्रतिधिसभा निर्वाचन क्षेत्र हेर्ने गरि तीन स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिइन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ को लागि वीरगन्जको राधेमाई स्थित जिल्ला समन्वय समितिको कार्यालयसँगै रहेको पूर्वधार विकास कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

पर्सा क्षेत्र नंबर ३ को लागि भने पोखरिया नगरपालिकामा रहेको नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा र क्षेत्र नम्बर ४ को लागि धोबिनी गाउँपालिकाको लंगडीमा रहेको पुस्तकालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको झाले बताइन् ।

स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार राजनीतिक दल र उम्मेदवारले मनोनयन दर्ता गराउने छन् ।

Related posts

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ : मेयर सिंह

MadhesKhabar

महानगरमा छड्के अनुगमन गर्दै मेयर सिंहले लापरवाही गर्ने कर्मचारीलाई दिए चेतावनी

MadhesKhabar

बाराकाे कबहीगाेठबाट ३० केजी गाजा बरामद

MadhesKhabar

Leave a Comment