Madhes Khabar
स्थानिय

ठाेरीमा बेवारिसे पुरुषकाे शव फेला

वीरगन्ज,२५ भदौं:पर्साको विजयवस्तीमा साेमबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

ठोरी गाउँपालिका वडा नंबर ४ विजयवस्तीस्थित नेवा पेट्रोल पम्पको पछाडी अन्दाजी ४० बर्षिय पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पेट्रोलपम्प पछाडिको खेतमा गँहु गाेराे वर्णका र जिउमा कट्टु मात्र लगाएका अपरिचित पुरुषको शव फेला परेकाे पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

शव फेला परेको जानकारी प्राप्त हुने बित्तिकै पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलमा पुगेको उनले बताए ।

Related posts

वीरगन्जको छपकैयाबाट लाखाैं मुल्यकाे पटाका बरामद

MadhesKhabar

सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने

MadhesKhabar

वीरगन्जकाे मिलनचाेकबाट घरेलु मदिरा बरामद

MadhesKhabar

Leave a Comment