वीरगन्ज,०२फाल्गुन:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पछिल्लो समय युवा उद्यमीहरुको सकरात्मक प्रयास प्रशंसनीय रहेको बताएका छन् ।
वीरगन्जमा बुधबारदेखि सुरु ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ को उद्घाटन गर्दै मेयर सिंहले आँट र मेहनत गर्न सके स्वदेशमै रोजगारको सम्भावना रहेको कुरालाई पछिल्लो समय युवा उद्यमीहरुले गरेको प्रयासले पुष्टि गरिरहेको बताए ।मेयर सिंहले भने,‘ वीरगन्जमैपनि युवाहरुले धेरै राम्रा उद्यमहरु सुरु गरेका छन् ।त्यसमा सफलतापनि पाइरहेका छन् । यसले गरे असम्भव केहि छैन भन्ने कुरा पुष्टिपनि भइरहेको छ ।’
बुधबारदेखि वीरगन्जमा सुरु एक महिने जुत्ता–चप्पल व्यपार मेलाले अहिलेको आर्थिक मन्दिको मारमा परेको वीरगन्जको व्यपार–व्यवसायलाई चलायमान बनाउन टेवा पुने अपेक्षा गरेकोपनि उनले बताए । उनले नेपाली उत्पादनको प्रयोगलाई हरेक नेपालीले प्राथमिकता दिए मुलुकको अर्थतन्त्रपनि बलियो हुने बताए ।
नेपाल जुत्ता उत्पादक संघका केन्द्रिय उपाध्यक्ष जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको एक्सपोको उद्घाटन कार्यक्रममा संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडे , वीरगन्ज उद्योग वाणिज्य संघका हिरालाल साह कानु, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टाराई, एनप्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, वीरगन्ज युवा समाजका अध्यक्ष सन्जिव थापा, वीरगन्ज–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायतकोपनि उपस्थिती थियो ।

