Madhes Khabar
स्थानिय

पुर्व मेयर पाैडेलकाे शाेकमा जीतपुरसिमरा उपमहानगरमा आज सार्वजनिक बिदा

बारा,२६असाेज: बाराको जितपुरसिमरा उपमहानगरपालिकाले पुर्व मेयर डा. कृष्णा प्रसाद पौडेलको निधनमा शोक मनाउन आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयरसमेत रहेका पौडेल बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए ।

उपमहानगरपालिकाका मेयर राजन पौडेलले शुक्रबार बिहान एउटा सूचना जारी गर्दै पौडेलको निधनमा शोक मनाउन शुक्रबार बिदा दिने निर्णय भएको जनाएका छन् ।

उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय र शिक्षण संस्थाहरूमा शुक्रवार शोक बिदा दिने निर्णय भएको पौडेलद्वारा जारी सूचनामा लेखिएको छ ।

पौडेलको निधन प्रति दुःख व्यक्त गर्दै मेयर पौडेलले उपमहानगरपालिकालाई अपूरणीय क्षति भएको बताएका छन् ।

नेकपा एमालेको मधेस प्रदेश सचिवसमेत रहेका पौडेल बिहीबार साँझ आफ्नै घरको सुत्ने कोठामा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए । घरमा एक्लै भएको बेला पौडेल मृत भेटिएपछि पुगेको प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ ।

पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र पौडेलको मृत्युको कारण खुल्ने बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

Related posts

हैजा प्रभावित वीरगन्जका ११ ठाउँबाट संकलन गरिएको पानीको परीक्षणको ल्याब रिपोर्ट आज आउने

MadhesKhabar

वीरगन्जको मेयरमा दलबदलु दुइ उम्मेदवार बिच नै मुख्य भिडन्त

MadhesKhabar

सर्वाेच्च अदालतमा वीरगन्जकाे मेनराेड विस्तार मुद्दाको अर्काे पेशी असाेज २२ गते

MadhesKhabar

Leave a Comment