Madhes Khabar
स्थानिय

पुर्व मेयर पाैडेलकाे शाेकमा जीतपुरसिमरा उपमहानगरमा आज सार्वजनिक बिदा

बारा,२६असाेज: बाराको जितपुरसिमरा उपमहानगरपालिकाले पुर्व मेयर डा. कृष्णा प्रसाद पौडेलको निधनमा शोक मनाउन आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयरसमेत रहेका पौडेल बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए ।

उपमहानगरपालिकाका मेयर राजन पौडेलले शुक्रबार बिहान एउटा सूचना जारी गर्दै पौडेलको निधनमा शोक मनाउन शुक्रबार बिदा दिने निर्णय भएको जनाएका छन् ।

उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय र शिक्षण संस्थाहरूमा शुक्रवार शोक बिदा दिने निर्णय भएको पौडेलद्वारा जारी सूचनामा लेखिएको छ ।

पौडेलको निधन प्रति दुःख व्यक्त गर्दै मेयर पौडेलले उपमहानगरपालिकालाई अपूरणीय क्षति भएको बताएका छन् ।

नेकपा एमालेको मधेस प्रदेश सचिवसमेत रहेका पौडेल बिहीबार साँझ आफ्नै घरको सुत्ने कोठामा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए । घरमा एक्लै भएको बेला पौडेल मृत भेटिएपछि पुगेको प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ ।

पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र पौडेलको मृत्युको कारण खुल्ने बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

Related posts

वीरगन्जका चोक चोकमा आगो ताप्ने व्यवस्था

MadhesKhabar

महानगरका ग्रामिण वडाको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह

MadhesKhabar

मेयर सिंहको प्रयासमा वीरगन्जका डुबान क्षेत्रको पानीको निकास खोलिएपछि किसानहरु खुशी

MadhesKhabar

Leave a Comment