Madhes Khabar
स्थानिय

वीरगन्जको मेयरमा दलबदलु दुइ उम्मेदवार बिच नै मुख्य भिडन्त

वीरगन्ज महानगरको मेयरमा एमालेका उम्मेदवार विजय कुमार सरावगी र जसपाका उम्मेदवार राजेशमान सिंह

क्रान्ति शाह
वीरगन्ज,१४ बैशाख
: मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा निवर्तमान मेयर सहित डेढ दर्जनले उम्मेदवारी दिएका छन् ।
ती मध्ये १ दर्जन भन्दा बढि स्वतन्त्र उम्मेदवार छन् ।राजनीतिक दलका तर्फबाट भने ५ जना मात्रै छन् ।
ती ५ जना मध्ये पनि नेकपा एमालेबाट उम्मेदवार बनेका निर्वतमान मेयर विजय कुमार सरावगी र सत्तागठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का राजेशमान बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
वीरगन्ज महानगरमा एमालेले लोसपासंग चुनावी तालमेल गरेका कारण सरावगीले गठबन्धनका उम्मेदवार सिंहलाइ कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ ।
रोचक त के छ भने यी दुवै उम्मेदवारले आसन्न निर्वाचनमा दल परिवर्तन गरेर उम्मेदवारी दिएका हुन् ।
२०७४ को निर्वाचनमा पनि यी दुवैले दुइ मधेसवादी दलको उम्मेदरवार बनेर महानगरको मेयरमा प्रतिस्पर्धा गरेका थिए ।
त्यसबेला तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा) बाट चुनाव लडेका सरावगी , १९ हजार ३ सय ९३ मतका साथ मेयरमा निर्वाचित भएका थिए ।
तत्कालीन राजपा (अहिलेको लोसपा) बाट उम्मेदवार बनेका सिंह भने १२ हजार १ सय ६५ मत का साथ तेश्रो स्थानमा सिमित भएका थिए ।
यसपालि भने दुवै जनाले दल परिवर्तन गरेर मेयरमा उम्मेदवारी दिएका हुन् ।
दल परिवर्तन गरेर उम्मेदवारी दिएका दुवै उम्मेवार बिच नै मुख्य प्रतिस्पर्धा हुने भएपछि महानगरको चुनावी भिडन्त झन रोचक बनेको स्थानीय बताउछन् ।
सरावगीको राजनीतिक यात्रा – काँग्रेस – जसपा – एमाले

एमालेका उम्मेदवार विजय कुमार सरावगी


व्यपारिक पृष्ठभूमीका सरावगी २०७४ को निर्वाचन अगाडि काँग्रेस निकट मानिन्थे । तर २०७३ चैत ६ गते उनि तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) मा प्रवेश गरेर औपचाकि रुपमा राजनीतिक यात्रा शुरु गरे ।
पार्टी प्रवेश गरेको ६ महिनामै पार्टीले वीरगन्जको मेयरको टिकट दियो र उनले चुनाव पनि जिते ।
तर पार्टी भित्रैबाट आफुलाइ निरन्तर असहयोग भएको भन्दै सरावगीले दुइ वर्ष पहिले मेयर पदबाट राजीनामा दिएको भनेर केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाइ पत्र पनि पठाएका थिए ।
तर अध्यक्ष यादवले थामथुम पारेपछि त्यो बेला सरावगीको राजीनामाको विषय सेलाएको थियो ।
निर्वाचन आयोगले बैशाख ३० मा स्थानीय तह निर्वाचनको मिमित घोषणा गरेपछि सरावगीले पार्टी परिवर्तनका लागि अन्य दलका नेताहरुकोमा दौडधुप गर्न थाले ।
शुरुमा उनको रोजाइ काँग्रेस थियो । तर काँग्रेसले मेयरको टिकट दिने शर्तमा पार्टी प्रवेश गराउन नसक्ने जवाफ दिएपछि उनले एमाले रोजे । गत चैत ८ गते वीरगन्जमा एमाले अध्यक्ष केपी आली आएका बेला त्यहि कार्यक्रममा ओलीको हातबाट टिका लगाएर उनि एमालेमा प्रवेश गरे ।
राजेशमानको राजनीतिक यात्रा – काँग्रेस – राप्रपा – रामसपा – राजपा– लोसपा – एमाले – जसपा

जसपाका उम्मेदवार राजेशमान सिंह


यता गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार राजेशमानले पनि आफनो राजनीतिक यात्रामा थुप्रै पार्टी परिवर्तन गरिसकेका छन् ।
सिंहले २०४३ सालमा काँग्रेसको भातृसंगठनबाट राजनीतिक यात्रा शुरु गरेका थिए ।
२०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा उनि काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित पनि भएका थिए । त्यसपछि काँग्र्रेससंगको नाता तोड्दै राप्रपा निकट भएका सिंह, २०६३ सालको मधेस आन्दोलन देखि मधेस केन्द्रित दलमा आबद्ध भएका थिए ।
मधेस आन्दोलन ताका देखि नै सिंह , लोसपाका अहिलेका नेता शरतसिंह भण्डारीको अत्यन्तै निकट थिए ।
भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) को महासचिव पनि सिंह भएका थिए ।२०७४ सालमा मधेस केन्द्रित रामसपा, तमलोपा , सदभावना सहितका ६ दलले एकता गरेर राजपा गठन गरेपछि सिंह राजपाको पनि महामन्त्री बनेका थिए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा राजपाबाटै उनि महानगरको मेयरमा लडेका थिए तर तेश्रो स्थानमा रही पराजित भए ।२०७६ साल मा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम पार्टी बिच एकता भएर जसपा बन्यो ।
तर २०७८ जेठ तिर जसपा विभाजन भएपछि महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपालाइ सिंहले रोजे ।
बैशाख ३० मा निर्वाचन हुने भएपछि सिंहले पनि दल परिवर्तन गर्ने मनसाय बनाए ।
निवर्तमान मेयर सरावगी काँग्रेसमा जाने तरखर गरिरहेका बेला सिंहको रोजाइमा भने एमाले थियो ।
माघ २७ गते उनले काठमाण्डौ पुगेर केपी ओलीलाइ भेटेर एमाले प्रवेश गर्ने वाचा पनि दिए ।
काठमाण्डौबाट फर्किएर माघ २८ गते वीरगन्जमा पत्रकार सम्मेलन गरेर सिंहले आफु एमालेमा प्रवेश गरेको घोषणा गर्दै चैत ८ गते वीरगन्जमा हुने ओलीको कार्यक्रममा औपचारिक रुपमा एमाले प्रवेश गर्ने उद्घोष गरे ।
तर यहि बिचमा गत फागुन २८ गते अचानक निवर्तमान मेयर सरावगी एमालेमा प्रवेश गरेपछि रुष्ट बनेका सिंह मेयरको उम्मेदवार बनाउनु पर्ने शर्तमा चैत ७ गते जसपामा प्रवेश गरेका हुन् । वीरगन्जमा चैत ७ मा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममै जसपा अध्यक्ष उपेन्द्र यादवले सिंहलाइ मेयरको उम्मेदवार बनाउने वाचा गरेका थिए ।
अध्यक्ष यादवको त्यहि वाचा पुरा गर्दै जसपाले वीरगन्ज महानगरको उम्मेदवार बनाएको हो ।

Related posts

नारायणी अस्पतालको फार्मेसीमा भएको करोडौंको हिनामिना पारियो थामथुम

MadhesKhabar

वीरगन्जको रजतजयन्ति चोकदेखि वैष्णवी मन्दिरसम्म ४०० सय विरुवा रोपियो

MadhesKhabar

वीरगन्ज महानगरको कार्यालय सन्चालनका लागि बैंकहरुद्वारा ९ थान कम्प्युटर सहयोग

MadhesKhabar

Leave a Comment