Madhes Khabar
स्थानिय हेडलाइन

कलैयाका शिक्षक सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा एक महिला पक्राउ

वीरगन्ज ,१३कार्तिक: बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षककाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरशा टाेलस्थित बाल एकता इंग्लीश बाेर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफकाे साेमबार दिउँसाे साढे १२ बजेतिर अपरिचित समुहले गाेली हानी हत्या गरेको थियाे।

सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले साेमबार नै साँझ कलैया उपमहानगरपालिका वडा नम्बर १ बाट एक महिलालाई नियन्त्रणमा लिएकाे हाे ।नियन्त्रणमा लिएकी महिलाकाे परिचय भने प्रहरीले खुलाएकाे छैन ।

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे महिला सर्राफकाे हत्यारकाे याेजना बनाउने मुख्य याेजनाकार रहेकाे प्रहरी श्राेतले जनाएको छ।ती महिलालाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान भईरहेकाे एक प्रहरी अधिकृतले बताए ।

 

साेमबार दिउँसाे १२.३० बजेतिर स्कुलबाट माेटरसाइकलमा घर तर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा माेटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले गाेली हानेर फरार भएका थिए ।

३५ वर्षिय सर्राफकाे छाती र पेटमा गरी दुई राउन्ड गाेली लागेकाे थियाे ।गाेली लागेर घाइते भइ ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशीक अस्पतालमा पुर्याएका थिए।

त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयाेधा मेडिसटी हस्पिटलमा लगिएको थियाे ।त्यहीँ उपचारका क्रममा सर्राफकाे मृत्यु भएकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानले बताए ।

Related posts

बाराको सिम्रौनगढबाट २०१ केजी गाँजासहित पिकअप गाडीका चालक र सहचालक पक्राउ

MadhesKhabar

पूर्वमन्त्री शर्माको पहलमा घडीअर्वामा सडक ढलान, खुशी हुदैं स्थानीयलेपनि गरे श्रमदान

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलः झापालाई हराउँदै आर्मी सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment