Madhes Khabar
स्थानिय

म माथि मालिककाे आशीर्वाद छ,त्यसैले जति सुकै विराेध गरेपनि कुनै फरक पर्दैन : मेयर सिंह

वीरगन्ज,७ असाेज:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई `वैभब वीरगन्ज´ बनाउने आफ्नाे लक्ष्यमा पुगेरै छाड्ने बताएका छन्।साेमबार वीरगन्जमा साहेब दरबार वीरगन्जको पाँचौ वार्षिकोत्सब समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले उक्त लक्ष्य प्राप्तिमा आँफुलाई असफल बनाउन केही विराेधीहरु लागेपनि त्यसले आँफुलाई फरक नपर्ने बताए ।

मेयर सिंहले भने,`राजेशमान सिंहलाई कसरी असफल बनाउन सकिन्छ भनेर वीरगन्जका केही विराेधीहरु लागेका छन् ।तर मलाई त्यसकाे कुनै प्रवाह छैन ।किनकी जस्काे शीरमाथि साहिब दरबारका मालिकके हाथ छ उस्काे दुनियाकाे कुनै शक्तिले केही बिगार्न सक्दैन।

यहि विश्वासका साथ आफू अगाडि बढिरहेकाे र वैभब वीरगन्ज बनाउने लक्ष्यमा प्राप्तिमा सफल भएरै छाड्ने उनले ठाेकुवा गरे।

साहिब दरबारका पुज्य सरकार महाराज आफ्नाे लागि साक्षात भगवान रहेकाे भन्दै मेयर सिंहले भने,`मालिककै आदेशमा म कसैकाे प्रवाह नगरी,कसैकाे कुनै कुरा नसुेर अगाडि बढिरहेकाे छु। किनकी मालिकमा अदभूत शक्ति छ।उहाँमाथि सच्चा मनले विश्वास गरेर यदि कसैले केहि माग्याे भने उसकाे मनाेकामना पूरा भएरै छाड्छ।´

मेयर सिंहले साहिब दरबारकाे दरबारमा कुनै एक धर्म विशेषलाई नभई सबै धर्मावलम्बीलाई स्वागत हुने गरेकाे जानकारी गराए।

कार्यक्रममा ठाेरी गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ,वीरगन्ज महानगरका सदभावनादूत अशाेक बैध्य,वरिष्ठ पत्रकार चन्द्रकिशाेरलाई मायाकाे चिनाे प्रदान गरिएको थियाे भने काराेनाकालमा निशुल्क भाेजन वितरण कार्यक्रममा वीरगन्ज-४ वडाध्यक्ष जगत साह कानु, वीरगन्ज-३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार,रियाज मियाँ,नविना खातुन,कलाम मियाँ,अफराेज आलम,शिव प्रसाद पण्डित,जयप्रकाश महताे,विक्रम नगरकाेटी,निराजन अधिकारी,भुसाल चाैरसिया,वकिल मियाँ हवारी,सुधिर कर्ण,हफिज मियाँ,अवधेश यादव,किशाेर सिंह ठकुरी, राजेश सिंह,नितेशपाल सिंह,सुरेशमान सिंह,गजेन्द्र गुप्ता,विनाेद बैठा, सुरज गुप्ता,राहुल तुल्स्यान लगायतलाई कदरपत्र प्रदान गरि सम्मानित गरिएको थियाे।

यस्तै रक्तदान कार्यक्रममा सहयाेग गर्ने राणीसती अतिथी सदन,तेरापन्थ भवन,समर्पण सेवा ,कृष्ण पटेललाईपनि कदरपत्र प्रदान गरेर सम्मानित गरिएको थियाे।

याेगा कार्यक्रममा सहयाेग गर्ने प्रतिमा सिंह, लालसा देवी,संगिता देवी,प्रेरणा श्रेष्ठ,लक्ष्मी चाैरसिया,मिनु ठाकुर लगायतलाई पनि साहिब दरबारले कदरपत्रले सम्मानित गरेकाे थियाे।

आँखा शिविरमा सहयाेग गर्ने वीरगन्ज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी,माट्रिका आई फाउन्डेसन ,संसारीमाई युवा क्लब,अवधेश यादव,ग्रिनसिटी सामुदायिक सेवा केन्द्र,दिब्य युवा क्लब,खेलाडीहरु सन्ताेष कार्की,एमडी ओसामा हवारी,रन्जित कुमारलाई सम्मानित गरिएको थियाे।

गुलाब बाबा,गड्डु माैर्य मनाेरन्जन,राधेश्याम,अर्जुन कुशवाहा,विनाेद कुशवाहा,राजा अहमद,नेक महमद,सन्जय सिंह,केशव सिंह,अन्नपूर्णा मानन्धर लगायतलाईपनि मायाकाे चिन्हाे प्रदान गरिएको थियाे।

साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीको अध्यक्षता तथा पुज्य सरकार महाराजकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा भारतबाट आएका साधुसन्त,वीरगन्जका समाजसेवी लगायतकोपनि सहभागीता थियाे ।कार्यक्रममा महाप्रसाद वितरणपनि गरिएको थियाे ।

Related posts

गठबन्धनका मेयर उम्मेदवार राजेशमान भन्छन् – राजा बनेकाहरुलाइ यसपाली जनताले फाल्छन्

MadhesKhabar

नदी अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु खाली गर्न वीरगन्ज महानगरको १५ दिने अल्टिमेटम

MadhesKhabar

न्याय माग्दै माईस्थानका स्थानीय अदालतमा

MadhesKhabar

Leave a Comment